Like us!
Follow us!

जनरल इन्स्योरेन्सले डाक्याे साधारण सभा, हकप्रद निष्कासनकाे मुख्य प्रस्ताव

जनरल इन्स्योरेन्सले डाक्याे साधारण सभा, हकप्रद निष्कासनकाे मुख्य प्रस्ताव

लगानी खबर, काठमाडाैँ - जनरल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे जेठ ६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैँथाे वार्षिक साधारण सभा जेठ ३१ गते, मंगलबार, अमृतभाेग, कालिकास्थान, डिल्लीबजार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार चुक्ता पूँजीकाे ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने  प्रस्ताव पारित गरिनेछ । हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब रहेकाे छ । हकप्रद निष्कासनपछि कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ३० कराेड पुग्नेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि जेठ १९ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, जेठ १८ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।  

628c99f6027ce.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।