Like us!
Follow us!

सजिलो र समीट लघुवित्तको एकिकृत कारोबार मंगलबारबाट हुँदै

सजिलो र समीट लघुवित्तको एकिकृत कारोबार मंगलबारबाट हुँदै

लगानी खबर, काठमाडौँ - समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलाे लघुवित्त वित्तीय संस्था लिमिटेडले भाेलि (असाेज ६ गते, मंगलबार) देखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि भाद्र २८ गते स्वीकृती प्रदान गरिसकेकाे छ ।

यसैगरी, मर्जर पश्चात अब "समीट लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार  हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।