Like us!
Follow us!

दाेहाेराे अंकले घट्याे नेप्से, नबिल बैंक काराेबारमा अब्बल

दाेहाेराे अंकले घट्याे नेप्से, नबिल बैंक काराेबारमा अब्बल

लगानी खबर, काठमाडाैँ - सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेकाे छ । नेप्से १.५३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.६९ अंकले घटेर ४२९.०५ विन्दुमा झरेकाे छ । 

कूल २२४ वटा कम्पनीकाे ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३६ करोड ९५ लाख १३ हजार एक सय ९२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै लाइफ इन्स्याेरेन्स समूह घटेकाे छ ।

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ४ कराेड १५ लाख ९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसैगरी, आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । संस्थाकाे सेयरमूल्य ६.२० प्रतिशतले घटेर एक हजार एक सय ३७ रूपैयाँ ५० पैसा पुगेकाे छ । साेमबार मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.८९ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ३ सय ४० रूपैयाँमा झरेकाे छ ।

सेयर तालिका हेर्नुहाेस् :

628b5732d995b.jpg 628b573b04675.jpg 628b5742878c6.jpg 628b574a367cd.jpg 628b575364fa1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।