Like us!
Follow us!

रिभर फल्सको आईपीओ आज बाँडफाँड हुँदै, २ लाख ५३ हजारले सेयर पाउने

रिभर फल्सको आईपीओ आज बाँडफाँड हुँदै, २ लाख ५३ हजारले सेयर पाउने

लगानी खबर, काठमाडाैँ - रिभर फल्स पावर कम्पनी लिमिटेडले वैशाख २८ गते, बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (जेठ ९ गते, साेमबार) हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड आज दिउँसाे ४ बजे प्रभु क्यापिटकाे कार्यालय, कमलादी, काठमाडाैँ हुनेछ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १८ लाख ५० हजार २ सय ७७ जना लगानीकर्ताहरूले २ करोड १२ लाख ५९ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएको भन्दा ८.३७ गुणा धेरै हो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी २ लाख ५३ हजार ८ सय ९० जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पार्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।