Like us!
Follow us!

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, बाेलकबाेल कहिले ?

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, बाेलकबाेल कहिले ?

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले २७ अर्ब २० कराेड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल असार ७ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि २ अर्ब २३ कराेड ३२ लाख रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल भदाै ७ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि १२ अर्ब ४७ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल मंसिर ६ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ७ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल वि.सं २०८० साल जेठ ९ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (जेठ ९ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी जेठ १० गते, मंगलबार बिक्री हुनेछ ।

6289e608ce70a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।