Like us!
Follow us!

अपि पावरको हकप्रद बाँडफाँड

अपि पावरको हकप्रद बाँडफाँड

लगानी खबर, काठमाडाैँ -  अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः००३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

वैशाख २५ सम्म खुलेको हकप्रदमा १ लाख १३ हजार १ सय ५३ जना सेयरधनीले १ करोड ४ लाख ८ हजार ८ सय पन्ध्र कित्ता हकप्रदमा  आवेदन परेको हकप्रदको बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । अर्थात  बाँकी रहेको ४ लाख ५२ हजार १ सय ८५ कित्ताको कम्पनीले सेयर लिलामीमा निकाल्नेछ ।

हकप्रदमा नपरेकाहरुको रकम जेठ ९ बाट कनेक्ट आईपीएसको माध्यमबाट फिर्ता गरिने पनि कम्पनीले जनाएकाे छ। 

6289b0dc37219.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।