Like us!
Follow us!

कसलाई चुनियाे महिला सहयात्रा लघुवित्तको शेयर रजिष्ट्रार ?

कसलाई चुनियाे महिला सहयात्रा लघुवित्तको शेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडौँ - महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले असाेज ३ गते, शनिबारबाट लागू हुने गरी सि.टि.सि. मल सुन्धारा, काठमाडाैंस्थित सिभिल क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे हाे ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिभिल क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएकाे संस्थाले जानकारी गराएकाे छ । 

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सिभिल क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।