Like us!
Follow us!

हिमालयन हाइड्रोकाे आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

हिमालयन हाइड्रोकाे आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

लगानी खबर, काठमाडाैँ - हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे आईपीओ भर्ने म्याद थपिएकाे छ । उक्त आईपीओ अब जेठ १६ गतेसम्म भर्न पाइन्छ । 

कम्पनीले विद्यमान जारी पूँजीको ८.२२ प्रतिशत अर्थात् ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण सेयर  निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

6289e20d16c07.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।