Like us!
Follow us!

नबिल बैंकद्वारा नेपाल बङ्गलादेशलाई प्राप्ति गर्ने प्रस्ताव पारित

नबिल बैंकद्वारा नेपाल बङ्गलादेशलाई प्राप्ति गर्ने प्रस्ताव पारित

लगानी खबर, काठमाडाैँ - नबिल बैंक लिमिटेडकाे विशेष साधारण सभा आज (जेठ ७ गते, शनिबार) सिल्भर ओक ब्याङ्क्वेट, काठमाडौंमा सम्पन्न भएकाे छ ।

सभामा नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिएकाे छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ काे अनुपातमा प्राप्ति गरेकाे हाे । यसकाे अर्थ नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् । 

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको नाम नबिल बैंक लिमिटेड र बैंकको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, कमनपा १ तीनधारा, दरबारमार्ग, काठमाडौँ नै रहनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।