Like us!
Follow us!

किसान लघुवित्तले डाक्याे साधारण सभा, २० प्रतिशत बाेनस पारित हुँदै

किसान लघुवित्तले डाक्याे साधारण सभा, २० प्रतिशत बाेनस पारित हुँदै

लगानी खबर, काठमाडाैँ - किसान लघुवित्त वित्तीय संस्था लिमिटेड वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे वैशाख २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा जेठ २८ गते, शनिबार, धनगढी-उपमहानगरपालिका-२, धनगढी, कैलालीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि जेठ २० गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले जेठ १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

628899cf37c3f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।