Like us!
Follow us!

थप ३ बैंकले ऋणपत्र निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

थप ३ बैंकले ऋणपत्र निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

लगानी खबर काठमाडाैँ - प्राइम कमर्सियल बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

प्राइम कमर्सियल बैंकले ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख २२ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । बैंकले ५ वर्ष अवधि भएकाे वार्षिक १०.१५% प्रतिशत व्याज भएकाे "५ वर्ष, १०.१५% प्राइम डिबेञ्चर, २०८४" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

यसका साथै, सिद्धार्थ बैंक लिमिटेडले ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख २५ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । बैंकले १० वर्ष अवधि भएकाे वार्षिक १०.७५% प्रतिशत व्याज भएकाे "१० वर्ष, १०.७५% एसबीएल डिबेञ्चर, २०८९" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यसैगरी, बैंक अफ काठमाण्डू लिमिटेडले ११ अर्ब रूपैयाँ बराबरकाे ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख २६ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि  ४ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख ६० हजार लाख कित्ता बिक्री गर्नेछ । बैंकले ७ वर्ष अवधि भएकाे वार्षिक १०.५% प्रतिशत व्याज भएकाे "७ वर्ष, १०.५% बीओके डिबेञ्चर, २०८६" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम  एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।