Like us!
Follow us!

लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

लगानी खबर, काठमाडाैँ - नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे जेठ ६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ७३औँ वार्षिक साधारण सभा जेठ ३० गते, साेमबार, नेपाल पर्यटन बाेर्ड, प्रदर्शनीमार्ग, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको चैत्र ७ गते बसेको सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५७ प्रतिशत नगद लाभांश गरी कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, जेठ १६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहाेस् :  

62876fd831449.jpg 62876fdfaeefd.jpg 62876fe7283a4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।