Like us!
Follow us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, बेस्सरी घट्याे काराेबार

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, बेस्सरी घट्याे काराेबार

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ विन्दुमा झरेकाे छ । नेप्से ०.७० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.४७ अंकले घटेर ४३४.७३ विन्दुमा झरेको छ । 

कूल २२३ वटा कम्पनीकाे २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

 शुक्रबार काराेबार रकममा अरूण काबेलीले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ३ कराेड २ लाख ४५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

त्यसैगरी, आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । संस्थाकाे सेयरमूल्य २.७३ प्रतिशतले बढेर एक हजार ४ सय ६९ रूपैयाँ पुगेकाे छ । यस दिन तेर्हथुम पावरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.९४ प्रतिशतले घटेर ४ सय ६० रूपैयाँमा झरेकाे छ ।

628763e195902.jpg 628763e69dd88.jpg 628763eb2a7e7.jpg 628763efe2f17.jpg 628763f439a5b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।