Like us!
Follow us!

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, कसरी भर्ने ?

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, कसरी भर्ने ?

लगानी खबर, काठमाडाैँ - लुम्बिनी जनलर इन्स्योरेन्स कम्पनी लिमिटेडले कुमारी बैंकको नाममा रहेको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । 

उक्त सेयरको न्यूनतम मूल्य २ सय रूपैयाँ तोकिएको छ । कम्पनीको उक्त सेयर किन्न जेठ १३ गतेदेखि निवेदन दिन सकिने छ भने बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही व्यक्ति वा संगठित संस्थाहरुले जेठ २७ गतेभित्र आवश्यक कागजपत्र संकलन गरेर कुमारी क्यापिटलको केन्द्रिय कार्यालय, नागपोखरी, नक्साल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।