Like us!
Follow us!

एनएमबि क्यापिटलको दुई म्युचुअल फण्डकाे लाभांश घाेषणा, दिने भए कति ?

एनएमबि क्यापिटलको दुई म्युचुअल फण्डकाे लाभांश घाेषणा, दिने भए कति ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि हाईब्रिड फण्ड एल १ र  एनएमबि ५० काे लाभांश घाेषणा गरिएकाे छ ।

एनएमबि क्यापिटल लिमिटेडकाे हिजाे भाद्र ४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई कर सहित ८ प्रतिशतका दरले र एनएमबि ५० का इकाईधनीहरूलाई कर सहित ५ प्रतिशतका दरले याेजनाकाे प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे हाे ।

त्यसैगरी, प्रतिफल वितरण गर्ने प्रयाेजनका लागि असाेज १६ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द गरिने भएकाे छ । त्यसैले, असोज १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका  इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।

हेर्नुहाेस् सूचना :

 

5f684b98a0cff.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।