Like us!
Follow us!

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबाेल

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबाेल

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले २ वर्ष अवधिकाे "विकास ऋणपत्र २०८१ (ङ)" नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ ।

यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । याे ऋणपत्र धिताे राखी कर्जा लिन/दिन पाइनेछ । उक्त ऋणपत्रकाे बाेलकबाेल आज जेठ ५ गते बिहीबार अपरान्ह ३ बजेसम्म हुनेछ । भाेलि जेठ ६ गते निष्कासन भएर उक्त ऋणपत्रकाे साँवा २०८१ साल जेठ ६ गते भुक्तानी हुनेछ । 

त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत छुट्याइएको छ।

6284e34f5d9a8.jpg

6284e357477c0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।