Like us!
Follow us!

रिभर फल्स पावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्याे आवेदन ?

रिभर फल्स पावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्याे आवेदन ?

लगानी खबर, काठमाडाैँ - रिभर फल्स पावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन थियाे ।

उक्त आईपीओमा अन्तिम दिन आज बुधबार साँझ ५:११ बजेसम्म १८ लाख ३८ हजार ४ सय ३१ जना आवेदकहरुले २ अर्ब ११ करोड ३२ लाख ८२ हजार रूपैयाँ बराबरकाे २ करोड ११ लाख ३२ हजार ८ सय २० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।