Like us!
Follow us!

गभर्नरलाई लगानीकर्ताले बुझाए ४ बुँदे माग

गभर्नरलाई लगानीकर्ताले बुझाए ४ बुँदे माग

लगानी खबर, काठमाडाैँ - नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल र शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग बुझाएका छन् । 

मागहरू यस्ता छन् :

१. ४ करोड एउटा बैंक र १२ करोडसम्मको शेयर कर्जा ॠणको सिमाले शेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई नेपाल राष्ट्र बैंकबाट फिर्ता लिने व्यवस्थाको लागि अनरोध गर्दछौँ ।

२. आर्थिक वर्ष २०७९/८० को साउन१ गतेदेखि शेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औषतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं ।

३.मर्जर र एक्विजीसनले शेयर कारोबार रोकिँदा आम लगानीकर्ताको चल अचल सम्पति बन्धक भई नोक्सानी र राज्यले पाउने राजश्वमा समेत नकारात्मक असर परिरहेको सन्दर्भमा उक्त कार्य हाल बैंक तथा वित्तिय संस्थाले वार्षिक साधारण सभाको लागि दाखिला खारेज गर्ने व्यवस्था गरे जस्तै गरि केही सिमित अवधिको लागि मात्र कारोबार रोक्का रहने व्यवस्थाको लागि अनुरोध गर्दछौं।

४. देशमा विद्यमान तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना भएकोले नेपाल राष्ट्र बैंक जस्तो गरिमामय संस्थाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरियोस्।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।