Like us!
Follow us!

सेयर बजारमा सामान्य सुधार, काराेबारमा अरूण भ्याली अब्बल

सेयर बजारमा सामान्य सुधार, काराेबारमा अरूण भ्याली अब्बल

लगानी खबर, काठमाडाैँ - बुधबार सेयर बजारमा सामान्य सुधार देखिएकाे छ । बढेकाे बजार अरूण भ्यालीकाे सर्वाधिक काराेबार भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर काराेबार मापक नेप्से परिसूचक ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा पुगेकाे छ । नेप्से ०.३९ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि २.४१ अंकले बढेर ४४१.०९ विन्दुमा पुगेको छ । 

कूल २२७ वटा कम्पनीकाे ३१ लाख ५६ हजार ९ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार ३ सय ४६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

यस दिन अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड ३८ लाख ३० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसैगरी, आज राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ६.०२ प्रतिशतले बढेर ६ सय ५२ रूपैयाँ पुगेकाे छ । यता सूर्याेदय वाेमी लघुवित्तकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार एक रूपैयाँ ३० पैसामा झरेकाे छ । 

सेयर तालिका हेर्नुहाेस् :

6284c2aba4f43.jpg 6284c2b2ce28c.jpg 6284c2ba7afaa.jpg 6284c2c235d8f.jpg 6284c2ca033d2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।