Like us!
Follow us!

सेञ्चुरी बैंकको ऋणपत्र भर्ने आज अन्तिम अवसर

सेञ्चुरी बैंकको ऋणपत्र भर्ने आज अन्तिम अवसर

लगानी खबर, काठमाडाैँ - सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गते बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र भर्ने आज (जेठ ४ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे । जसमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकले ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। ऋणपत्रको व्याज १० प्रतिशत रहने छ । लगानीकर्ताहरूले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ता कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

628496fb5cc6e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।