Like us!
Follow us!

एनएमबि बैंकको उर्जा ऋणपत्र भर्ने आज अन्तिम दिन

एनएमबि बैंकको उर्जा ऋणपत्र भर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - एनएमबि बैंक लिमिटेडले वैशाख २१ गते बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे "एनएमबि उर्जा ऋणपत्र (Energy Bond II)" भर्ने आज (जेठ ४ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको कुल ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे । जसमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बैंकले १५ वर्षे अवधिको ऋणपत्र बिक्री खुला गरेको हो। यसमा वार्षिक ४% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । लगानीकर्ताहरूले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेकाे छ । लगानीकर्ताहरूले  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

6284966052e6a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।