Like us!
Follow us!

रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम माैका

रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम माैका

लगानी खबर, काठमाडाैँ - रिभर फल्स पावर कम्पनी लिमिटेडले वैशाख २८ गते, बुधबारदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम माैका हाे ।

हिजाे मंगलबार साँझ ५:२६ बजेसम्म कम्पनीकाे आईपीओमा १५ लाख १७ हजार २८ जना आवेदकहरुले १ अर्ब ७५ करोड ९२ लाख ९२ हजार रूपैयाँ बराबरकाे १ करोड ७५ लाख ९२ हजार ९ सय २० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेकाे २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीकाे साधारण सेयरकाे बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै मेराे सेयरबाट पनि आईपीओ भर्न सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।