Like us!
Follow us!

सेयर बजारमा पहिराे, लगानीकर्ता निराश !

सेयर बजारमा पहिराे, लगानीकर्ता निराश !

लगानी खबर, काठमाडाैँ - मंगलबार सेयर बजारमा पहिराे गएकाे छ । नेप्से भारी अंकले घट्दा लगानीकर्ता निराश छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेकाे छ । नेप्से ३.६१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १४.२७ अंकले घटेर ४३९.६९ विन्दुमा झरेको छ । 

कूल २२१ वटा कम्पनीकाे ३५ लाख ९५ हजार ५ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ४० लाख ५० हजार २ सय ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

मंगलबार काराेबार रकममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ९ कराेड ७९ लाख ९ हजार रूपैयाँ बराबरकाे सर्वाधिक काराेबार भएकाे छ । 

त्यसैगरी, आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य ४.९६ प्रतिशतले बढेर एक हजार ३ सय ९६ रूपैयाँ पुगेकाे छ । यता ३ कम्पनीकाे सेयरमूल्यमा नकरात्मक सर्किट लागेकाे छ । युनाइटेड इन्स्याेरेन्स, लुम्बिनी जनरल इन्स्याेरेन्स र सुर्याेदय वाेमी लघुवित्तकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे हाे । 

सेयर तालिका हेर्नुहाेस् :

62836e703b1c0.jpg 62836e7696a61.jpg 62836e80d0d0f.jpg 62836e8645cd1.jpg 62836f1056d19.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।