Like us!
Follow us!

जाल्पा सामुदायिक लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

जाल्पा सामुदायिक लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

लगानी खबर, काठमाडाैँ - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे जेठ १ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा जेठ २८ गते, शनिबार बुटवल, रूपन्देहीमा हुनेछ । 

संस्थाले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएकाे छ । त्यसैले, संस्थाका सेयरधनीहरूकाे हात खाली हुनेछ । 

संस्थाले साधारण सभा प्रयाेजनका लागि जेठ १२ गते, बिहीबारदेखि जेठ २८ गते, शनिबारसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, जेठ ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

62834b975e17c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।