Like us!
Follow us!

विन नेपाल लघुवित्तको लाभांश संशाेधन, अब कति ?

विन नेपाल लघुवित्तको लाभांश संशाेधन, अब कति ?

लगानी खबर, काठमाडाैँ - विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडकाे लाभांश संशाेधन गरेकाे छ ।

कम्पनीकाे वैशाख २९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा गाभिएपछि कायम चुक्ता पूँजी ७ करोड २४ लाख ४१ हजार ३ सय रुपैयाँको ९.३३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । 

यसअघि कम्पनीको चैत्र १३ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

6283446a9bbf4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।