Like us!
Follow us!

रिभर फल्सको आईपीओमा पर्याे मागभन्दा ६.४७ गुणा बढी आवेदन, कतिले भरे ?

रिभर फल्सको आईपीओमा पर्याे मागभन्दा ६.४७ गुणा बढी आवेदन, कतिले भरे ?

लगानी खबर, काठमाडाैँ - रिभर फल्स पावर कम्पनी लिमिटेडकाे आईपीओमा हालसम्म ६.४७ गुणा बढी आवेदन परेकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार कम्पनीकाे आईपीओमा मंगलबार बिहान १०ः३० बजेसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता सेयरको लागि आवेदन परेको छ । याे आवेदन सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ६.४७ गुणाले धेरै हाे । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेकाे २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा जेठ ४ गतेसम्म र ढिलाेमा जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे साधारण सेयरकाे बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै मेराे सेयरबाट पनि आईपीओ भर्न सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।