Like us!
Follow us!

अब बैंकहरू पनि आइतबार बन्द हुने

अब बैंकहरू पनि आइतबार बन्द हुने

लगानी खबर, काठमाडाैँ - जेठ महिनाबाट बैंकहरू पनि सातामा दुई दिन बिदा हुने भएकाे छ । गभर्नरबाट वैशाख २८ गतेकाे स्विकृती अनुसार जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार पनि बैंकहरू बिदा दिने औपचारिक निर्णय गरिएकाे राष्ट्र बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ५:३० बजेसम्म कायम गर्ने राष्ट्र बैंकले जनाएकाे छ । तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म हुनेछ । 

 

627ba0944f015.jpg 627ba09a797fe.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।