Like us!
Follow us!

बढ्यो सुनको भाउ, तोलाको कति ?

बढ्यो सुनको भाउ, तोलाको कति ?

लगानी खबर, काठमाडौं –  सुनकाे मूल्यले आज फेरि उकालाे यात्रा तय गरेकाे छ ।

हिजाे (आइतबार) स्थिर रहेकाे सुनकाे मूल्य आज (साेमबार) भने तोलामा २ सय रूपैयाँले बढेर प्रतिताेला ९७ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।