Like us!
Follow us!

बैंकरहरूले गरे ब्याजदर नबढाउने सहमति

बैंकरहरूले गरे ब्याजदर नबढाउने सहमति

लगानी खबर, काठमाडाैँ - बैंकरहरूले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेकाे छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाे हिजाे (मंगलबार) बसेकाे कार्यसमितिको बैठकले जेठ महिनाको लागि ब्याजदर नबढाउने सहमति गरेको हो । 

यसअघि चैत्र र वैशाख महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेकाे थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।