Like us!
Follow us!

सेयर बजारमा सकारात्मक माहोल, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

सेयर बजारमा सकारात्मक माहोल, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

लगानी खबर, काठमाडौँ मंगलबार सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । बढेको बजारमा हाइड्रोपावरमा लगानीकर्ता आकर्षित देखिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४४.१६ अंकले बढेर २३१३.०० विन्दुमा पुगेकाे छ । नेप्से १.९५ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ७.६७ अंकले बढेर ४४७.१४ विन्दुमा पुगेको छ । 

कूल २२६ वटा कम्पनीकाे ३३ लाख ३० हजार एक सय ५० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सय ६९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ ।

मंगलबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ९८ लाख ३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ३ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । ङादी ग्रुप पावर, बरूण हाइड्राेपावर र जाल्पा सामुदायिक लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

आज एनआईबीएल समृद्धि फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ४.८२ प्रतिशतले घटेर ८ रूपैयाँ ५० पैसामा झरेकाे छ ।

 

627a375dac528.jpg 627a380081bd3.jpg 627a3805c7079.jpg 627a380be4ac6.jpg 627a38141d407.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।