Like us!
Follow us!

गाेर्खाज फाइनान्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

गाेर्खाज फाइनान्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे हिजाे वैशाख २६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे सत्ताइसाैँ वार्षिक साधारण सभा जेठ २७ गते, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बानेश्वर, काठमाडाैँमा बिहान ११:३० बजेदेखि सुरु हुनेछ । 

कम्पनीले साधारण सभा प्रयाेजनका लागि जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, जेठ ११ गतेसम्म नेपल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

627a10577d858.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।