Like us!
Follow us!

एफपिओ जारी गर्न एनआरएन लघुवित्तले डाक्यो विशेष साधारण सभा !

एफपिओ जारी गर्न एनआरएन लघुवित्तले डाक्यो विशेष साधारण सभा !

लगानी खबर, काठमाडौं– एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । 

संस्थाकाे हिजाे असाेज ४ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा हाेटल दिनेश, धनगढी, कैलालीमा बिहान ११ बजेबाट सुरू हुनेछ । यसअघि, भाद्र २० गते गर्ने भनिएकाे विशेष साधारण सभा हाल विश्वभर फैलिएकाे काेराेना भाइरस (Covid-19) काे संक्रमण न्यूनिकरण गर्न लागू गरिएकाे निषेधाज्ञाको कारण स्थगित भएकाे थियाे । 

सभामा पुनः सर्वसाधारण शेयर अर्थात् एफपिओ निष्कासन गर्ने सम्बन्धमा छलफल गरिनेछ । त्यसैगरी, सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्तावहरू छलफल गरि पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।