लगानी खबर, काठमाडाैँ - विद्युत नियमन आयोगले बरूण हाइड्राेपावर कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडलाई हकप्रद निष्कासन गर्न अनुमति दिएकाे छ ।
१. बरुण हाइड्रोपावर कम्पनी लिमिटेड
कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ काे अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएकाे हाे ।
२. ङादी ग्रुप पावर कम्पनी लिमिटेड
कम्पनीले चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरको १:१.५ अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएकाे हाे । कम्पनीले १:२ काे अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति मागेकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।