Like us!
Follow us!

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम माैका

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम माैका

लगानी खबर, काठमाडाैँ - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे आईपीओ भर्ने आज (वैशाख २७ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले पहिलाे चरणमा स्थानीयलाई जारी पुँजीको १०% अर्थात १० लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको छ । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल  रहेको छ। स्थानीय बासिन्दाले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । तेस्तै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

6279ef39eee03.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।