Like us!
Follow us!

बजार बढ्दा यी हुन् सर्वाधिक सेयरमूल्य बढ्ने १० कम्पनी

बजार बढ्दा यी हुन् सर्वाधिक सेयरमूल्य बढ्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - कारोबार हप्ताको पहिलो दिन आज (सोमबार) सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा पुगेको छ । 

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढेर १ हजार ८ सय ३९ रुपैयाँ ८० पैसा पुगेको छ । कम्पनीको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको हो ।  

त्यस्तै सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : महुली लघुवित्त, उन्नती सहकार्य लघुवित्त, सानिमा लार्ज क्याप फण्ड, आरएमडिसी लघुवित्त, मैलुङ खोला जलविद्युत कम्पनी, तारागाउँ रिजेन्सी होटेल, तेह्रथुम पावर कम्पनी, इन्फिनिटी लघुवित्त र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 

6278e240f2bb3.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।