Like us!
Follow us!

सेयर बजारमा वृद्धि, कारोबारमा नेपाल टेलिकम अब्बल

सेयर बजारमा वृद्धि, कारोबारमा नेपाल टेलिकम अब्बल

लगानी खबर, काठमाडौं - कारोबार हप्ताको पहिलो दिन आज (सोमबार) सेयर बजारमा वृद्धि भएको छ । अघिल्लो दिन १७ अंकले बढेको बजार आज पनि बढेको हो । नेप्से परिसूचकमा वृद्धि हुँदा कारोबार रकममा नेपाल टेलिकम अब्ब्ल देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा पुगेको छ । नेप्से परिसूचक ०.५४ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.१२ अंकले बढेर ४३९.४७ विन्दुमा पुगेको छ ।

कूल २२२ वटा कम्पनीको ३३ लाख २४ हजार ८ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७ सय २ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ उपसहुह घटेका छन् भने ९ उपसमूह बढेका छन् । आइतबार सबैभन्दा धेरै व्यापार समूह बढेको छ । 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यस दिन टेलिकमको ७ करोड ८३ लाख ५३ हजार ८ सय ९९ रूपैयाँको कारोबार भएको हो । 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढेर १ हजार ८ सय ३९ रुपैयाँ ८० पैसा पुगेको छ ।  

त्यस्तै आज हिमालय उर्जा विकास कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयरको मूल्य ३.७८ प्रतिशतले घटेर प्रतिकित्ता २ सय ९५ रुपैयाँमा झरेको छ ।

हेरौं आजको तालिका :

6278de4569e19.JPG 6278de467dcf2.JPG 6278de4946d7c.JPG 6278de4bc601f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।