Like us!
Follow us!

नेप्से उकालो यात्रामा, एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से उकालो यात्रामा, एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - कारोबार हप्ताको दोस्रो दिन आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढेर १ हजार ८ सय ३९ रुपैयाँ ८० पैसा पुगेको छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३२.३७ अंकले बढेर २२८८.९४ विन्दुमा पुगेको छ । त्यस्तै २ दुई सय १६ कम्पनीको १८ लाख ६३ हजार १ सय १८ कित्ता सेयर खरिद बिक्री हुँदा ८० करोड ८ लाख १५ हजार ५ सय ९४ रुपैयाँको कारोबार भएको छ । 

त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ भने नेपाल टेलिकमको सर्वाधिक कारोबा भएको छ ।

6278cae944bf3.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।