Like us!
Follow us!

छिमेक लघुवित्तको ईपीएस ४१ रुपैयाँ, कस्ता छन् अन्य सूचक ?

छिमेक लघुवित्तको ईपीएस ४१ रुपैयाँ, कस्ता छन् अन्य सूचक ?

लगानी खबर, काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ७१ करोड ७१ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २४.९९ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ९५ करोड ५९ लाख ६८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १५.११ प्रतिशतले बढेर एक अर्ब ७५ करोड ७७ लाख ४० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी एक अर्ब ५२ करोड ६९ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।

तेश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब १२ करोड ७ लाख ३७ रूपैयाँ सञ्चालन मुनाफा कमाएको छ । गत वर्ष संस्था एक अर्ब ३९ करोड २४ लाख २४ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । 

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४१ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ ६८ पैसा रहेको छ ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।