Like us!
Follow us!

महुली लघुवित्तद्धारा लगानीकर्तालाई कर तिर्न आग्रह

महुली लघुवित्तद्धारा लगानीकर्तालाई कर तिर्न आग्रह

लगानी खबर, काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकतालाई बोनस सेयर वापत लाग्ने कर तिर्न आग्रह गरेको छ । 

कम्पनीको पौष १४ मा सम्पन्न भएको ९ औ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले उक्त बोनस सेयर वापत लाग्ने कर तिर्न आग्रह गरेको हो । 

उक्त सभाले पारित गरेको बोनस सेयर कम्पनीले (आज) बैशाख २६ गतेबाट डिम्याट खातामा जम्मा गर्न सुरु गरेको छ । 

यस्तो कम्पनीले प्रकाशन गरेको सूचना :

627874f99db8b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।