Like us!
Follow us!

नेष्डो समृद्ध लघुवित्तको नाफा घट्यो, प्रतिसेयर अम्दानी कति ?

नेष्डो समृद्ध लघुवित्तको नाफा घट्यो, प्रतिसेयर अम्दानी कति ?

लगानी खबर, काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १६ करोड ४७ लाख खुद नाफा कमाएको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १९ करोड ५० लाख कमाएको थियो । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमास कम्पनीको खुद ब्याज आम्दानी पनि घटेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले २८ करोड ३५ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ३२ करोड ५६ लाख कमाएको थियो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २६  करोड १५  लाख  सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ३० करोड ९६ लाख कमाएको थियो ।

तेस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८६  रुपैयाँ १५ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३२९ रुपैयाँ २८ पैसा रहेको छ ।  

यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण :

627884f034dde.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।