लगानी खबर, काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख १९ गते, सोमबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर भर्ने म्याद थपिएको छ । यसअघि आज (वैशाख २६ गते, सोमबार) सम्म भर्न पाइने भनिएकोमा अब एक दिन म्याद थपेर भोलिसम्म भर्न पाइने व्यवस्था गरिएको छ । सरकारले वैशाख २० गते इद उल फित्रमा सार्वजनिक बिदा दिएको हुनाले कम्पनीले लिलामी सेयर भर्ने म्याद एक दिन थपेको हो ।
कम्पनीले चैत १ गतेबाट चैत २१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएको सर्वसाधारण समूहको ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको तोकिएका शाखा
कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।