Like us!
Follow us!

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं - आज (सोमबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । हिजो आइतबार ६ सयले बढेको सुन-चाँदीको मूल्य आज पनि बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज १ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १ हजार २ सय ८५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

6278a40cda1c9.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।