Like us!
Follow us!

नेप्से परिसूचक बढ्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

नेप्से परिसूचक बढ्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

लगानी खबर, काठमाडौं - कारोबार हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ विन्दुमा पुगेको छ । 

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आइतबार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढेर १ हजार ६ सय ६ सय ७२ रुपैयाँ ६० पैसा पुगेको छ । 

त्यस्तै सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : घलेम्दी हाइड्रो, मान्टेन इनर्जी नेपाल लिमिटेड, हिमालय उर्जा विकास कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, साहास उर्जा, ज्याति लाईफ इन्स्योरेन्स, नेपाल हइड्रो डेभलपर्स, जाशी हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनी लिमिटेड रहेका छन् । 

627797789594e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।