Like us!
Follow us!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, लगानीकर्ता उत्साहित

सेयर बजारमा दोहोरो अंकको वृद्धि, लगानीकर्ता उत्साहित

लगानी खबर, काठमाडौं - कारोबार हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा वृद्धि भएको छ । लगातार घटिरहेको सेयर बजार आज भने बढेको हो । धेरै दिन पश्चात् नेप्से परिसूचकमा वृद्धि हुँद लगानीकर्ता उत्साहित भएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक ०.८० प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.८० अंकले बढेर ४३६.३५ विन्दुमा पुगेको छ ।

कूल २३२२ वटा कम्पनीको ३३ लाख ४१ हजार २ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६ सय ७२ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज माइक्रोफाइनान्स र बैंकिङ्ग उपसहुह घटेका छन् भने ११ उपसमूह बढेका छन् । आइतबार सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ । 

आज सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ७ करोड ५३ लाख ५९ हजार ४ सय ५५ रूपैयाँको कारोबार भएको हो । 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढेर १ हजार ६ सय ६ सय ७२ रुपैयाँ ६० पैसा पुगेको छ । 

त्यस्तै आज एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको मूल्य सर्वाधिक घटेको छ । आज प्रोमोटर सेयरको मूल्य ५.८५ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय २५ रुपैयाँ २० पैसामा झरेको छ ।

हेरौं आजको तालिका :

62778f54f0e12.JPG 62778f5633a42.JPG 62778f5820dd7.JPG 62778f5a4ac69.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।