Like us!
Follow us!

संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक

संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक

लगानी खबर, काठमाडौं - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ७२ हजार ८ सय ९८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी रजीव भट्टराई र अनिल अग्रवालले आफ्नो नाममा रहेको संस्थाक सेयरहरु बिक्री गर्न निवेदन दिएको हुनाले बैंकले उक्त सेयरहरु बिक्री गर्न लागेको हो । 

बैंकले एक सूचना प्रकाशन गर्दै फाइनान्सले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन र प्रतिकित्ता मूल्य समेथ उल्लेख गरेर बैंकको केन्द्रिय कार्यालय, महेन्द्रपथ धरान १२ सुनसरी वा सेयर रजिष्टार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको छ ।

यस्तो छ बैंकले प्रकाशन गरेको सूचना :

627768e1052ce.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।