लगानी खबर, काठमाडौं - कारोबार हप्ताको पहिलो दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटिरहेको छ । बजार घटिरहँदा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढेर १ हजार ६ सय ७२ रुपैयाँ ६० पैसा पुगेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३१.८८ अंकले घटेर २२०६.७५ विन्दुमा झरेको छ । त्यस्तै २ दुई सय २१ कम्पनीको १० लाख १९ हजार १ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा ४२ करोड ८२ लाख १६ हजार ८ सय ८२ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै यूनियन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ भने सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको सर्वाधिक कारोबा भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।