Like us!
Follow us!

ज्योति लाइफको नाफामा वृद्धि, ईपीएस कति ?

ज्योति लाइफको नाफामा वृद्धि, ईपीएस कति ?

लगानी खबर, काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा २० करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७०.९९ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधीमा कम्पनीले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको तुलनामा १२.७९ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधीमा कम्पनीले २ अर्ब २१ करोड ९ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीको बीमा कोषको आकार पनि ६१.९१ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधीमा कम्पनीको बीमा कोषमा ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र जगेडा कोषमा ५६ करोड ६८ लाख ४७ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा रहेको छ ।

यस्तो छ प्रकाशन गरेको वित्तीय विवरण :

627758561e2f5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।