लगानी खबर, काठमाडौं - आज (आइतबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । गएको शुक्रबार घटेको सुन-चाँदीको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार २ सय ८० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।