लगानी खबर, काठमाडौं - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । बोनस सेयर आयरकर ऐन तथा नियामवली र अन्य प्रचलीत कानुनी ब्यवस्थाको पालना गर्नु पर्ने भएकाले संस्थाले लाभांश परिमार्जन गरेको हो ।
परिमार्जित लाभांश अनुसार अब संस्थाले लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्नेछ । संस्थाको माघ ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।