Like us!
Follow us!

सहारा विकास बैंकको लिलामी शेयरको पैसा फिर्ता !

सहारा विकास बैंकको लिलामी शेयरको पैसा फिर्ता !

लगानी खबर, काठमाडौँ - सहारा विकास बैंक लिमिटेडले श्रावण ३० गते शुक्रबारदेखि भाद्र २३ गतेसम्म लिलामी मार्फत बिक्री खुल्ला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरिएकाे छ । बैंकले उक्त हकप्रद शेयर असाेज १ गते, बिहीबार बाँडफाँड गरेकाे हाे ।

त्यसैगरी, अवितरित हकप्रद शेयर बाँडफाँडमा नपरेकाे शेयर बापतकाे रकम हिजाे (आइतबार) देखि फिर्ता भएको छ । आवेदकले उक्त रकम आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता पाउनेछन् ।

बैंककाे हकप्रद बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले संस्थापक समूहकाे ९ लाख २१ हजार १ सय ४८ दशमलव ७०  कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गरेकाे थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f680ecbf1fd4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।